तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्


काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो । पार्टी परित्याग गरेलगत्तै बाग्लेले सामाजिक सन्जालमा कडा स्टाटस लेखेका थिए । यसभन्दा अगाडि बाग्लेले आफू तीन पुस्ते कांग्रेस भएको बताएका थिए

****नेपाली काँग्रेसबाट अलग भएको घोषणा****
वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई