मन्त्रीले दिए राजीनामा
काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएको हो ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयकाे दाबी गरेकाे थियाे तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिने तयारीमा हुनुहुन्थ्थो ।
जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनु भएको हो ।