बालुवाटारमा गोली चल्दा बर्षमान पुनकी आमा घाइते
काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामुप्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको तथ्यखुलेको छ ।
शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको थियो । उहाँको ट्रमासेन्टरमा उपचार भइरहेको छ ।
राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीप्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।
स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । यसविषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।