संबैधानिक परिषदको बैठक निश्कर्षबिहीन


 

काठमाडौं, बैशाख ६ । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताउनु भयो । उहाँले अर्को बैठक बसेर टुंग्याइने बताइएपनि बैठक कहिले बस्ने टुंगो नलागेको उहाँले जानकारी दिनुभयो । संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याएर प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडानका कारण बैठक निश्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान एवं कानूनमन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई