नेपाली कांग्रेस फुट्दै ! कांग्रेसका महामन्त्री थापाको ट्वीट
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसभित्र देउवा समूहले मनोमानी गरेको र इतर समूहका कसैलाई पनि ‘स्पेस’ नदिए पछी थापाको ट्वीटआएको हो ।
थापाले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गर्नुभएको छ । पहिलो चरणमा पार्टीका इतर समूहका नेताहरूले देउवालाई पार्टीको सभापति पदबाट राजीनामा दिन लगाउने गरी दबाब सिर्जना गर्ने नगरेमा २–४ महिनामै कांग्रेसमा विभाजन आउन सक्ने स्रोतले बताएको छ ।
हेर्नुस थापाको ट्वीट
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !