पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठ्मान्डौ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उहाको निजी सचिव नरेन्द्र केसीलाई भर्खरै घरैबाट पक्राउ गरेको छ ।
उहाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिनुभएको थियो। दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।
यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुररायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।सो प्रकरणमा तानिएका एमाले सचिव रायमाझी फरार रहेका छन् ।