नक्कली भुटानी शरणार्थीमा मुलधार मिडियाले लुकाएकाे तथ्यहरु
कार्यदल गठन
नेपालमा रहेका भुटानी शरणार्थीकाे समस्यालाई तेस्राे मुलुकमा स्थाइ बसाेबास गराएर समाधान गर्ने निर्णय भयाे। याे निर्णय अनुसार अघिकांस शरणार्थीहरु तेस्राे मुलुक जान सफल भए तर केहिकाे हकमा प्रमाणिकरणमा समस्या देखिएकाेले तेस्राे मुलुक जान पाएनन।
तेस्राे मुलुक जान नपाएका सक्कली शरणार्थीलाई भुटान फर्काउन पनि सम्भव नहुने र तेस्राे मुलुक पनि लान नसकिने भएपछि कसरी याे समस्या समाधान गर्ने सकिन्छ? भनेर केपी ओली प्रधानमन्त्री हुँदा भुटानी शरणार्थीकाे बिषयमा दक्षता हासिल गरेका बालकृष्ण पन्थीकाे अध्यक्षतामा सुझाव दिन २०७६ जेठ ३० मा कार्यदलकाे गठन गरियाे।
कार्यदलका अन्य सदस्यमा गणेश केसी ( शिक्षकबाट अवकाश प्राप्त, केही समय नेकपा प्रबेस, हाल कांग्रेसकाे चुनाव चिन्हबाट ललितपुर जिल्लाकाे महाँकाल गाउँपालिका हालका अध्यक्ष)।
अर्का सदस्य दीपक प्रसाद नेउपाने, शाखा अधिकृत, गृह मन्त्रालय ।
कार्यदल गठनसँगै मानव तस्करीकाे गिराेह सक्रिय हुन्छ। नेपाली कांग्रेसकि नेतृ सुजता कोइराला परराष्ट्र मन्त्री रहँदा उनका सल्लाहकार र निजी सचिव रहेका केशव दुलालको गिराेह सक्रिय हुन्छ । स्राेतका अनुसार याे मुद्दामा दुलालकाे इन्ट्री गराउने मानिस गाउँ पालिका अध्यक्ष गणेश केसी हुन ।
पैसा त्याे पनि पचासौं लाख तिरेर नक्कली शरणार्थी बनेर अमेरिका जान तयार मानिस खाेज्नु पर्ने भएकाले दुलालले आफ्नाे पुरानाे चिनजानकाे साथी सानू भण्डारीसँग सम्पर्क बढाउछन। सानुले “मुर्गा” खाेज्ने जिम्मा दाङका कांग्रेस निकट चर्चित म्यानपावर दलाल सन्देश शर्मा लाई दिन्छन ।
कार्यदलकाे प्रतिवेदन आउनु अघै नै सक्रिय भएकाे दुलाल-केसी-शर्मा गिराेहलाई कार्यदलले नक्कली शरणार्थी नथप्ने निष्कर्ष निकारेर प्रतिवेदन पेश गरे पछि झडका लाग्छ।
तत्कालीन गृह सचिव प्रेम राईले २०७६ मंसिरमा कार्यदलबाट प्रतिवेदन बुझ्छन, शरणार्थी थप नगर्नु सुझाब भएकाले केही गर्नु नपर्ने भनी प्रतिवेदन थन्क्याएर राख्छन। त्यसै बिच उनि २०७६ माघमा अवकाश प्राप्त गर्छन।
त्यसपछि महेश्वर न्याैपाने अख्तियारबाट गृहमा आएछन। शरणार्थी थप नगर्ने निर्णय भएकाले उनले पनि प्रतिवेदन थन्क्याएर राख्छन।
प्रतिवेदन लामाे समय देखि थन्किएपछि दुलाल-केसी-शर्मा गिराेहमा छट्पटी शुरु हुन थाल्छ। किनकी याे गिराेहले नक्कली शरणार्थी बन्न तयार मानिसबाट कराेडाैं रकम असुल गरि सकेका हुन्छन।
सक्कली प्रतिवेदन रहेसम्म आफ्नाे काम नबन्ने भएपछि याे दुलाल-केसी-शर्मा गिराेह प्रतिवेदन नै परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्छन । अब प्रतिवेदन नै नक्कली बनाएर सक्कली प्रतिवेदनलाई प्रतिस्थापन गर्ने खेल शुरु हुन्छ। नक्कली प्रतिवेदन तयार त पारिन्छ तर गृह मन्त्रालयमा रहेकाे सक्कली प्रतिवेदनकाे ठाउँमा नक्कली प्रतिवेदन कसरी राख्ने ?
स्राेत भन्छ “यहि बेलामा दुलाल-केसी-शर्माकाे गिराेहले इन्द्रजित राई र बादल पुत्र प्रतिक लाई एप्राेच गरिएको हुन सक्छ। अब बादल पुत्र परेपछि नन्दकिशोर पुन पुत्र र टाेप बहादुर पुत्र आउने नै भए”।
गृहमन्त्री बादलकै नजिकका मानिसलाई एप्राेच गरिए तापनी नक्कली प्रतिवेदनले गृह मन्त्रालय प्रबेश पाउदैन । उता लामाे समय सम्म काम नभए पछि नक्कली शरणार्थीले पैसा फिर्ता पाउन उजुरी हाल्न थाल्छन। अनुसंधानकाे लागि दुई जना समातिन्छन तर बालकृष्ण खाँडले छुटाएकाे कुरा तत्कालीन एआइजी विज्ञान शर्माले सार्वजनिक गरि सकेका छन।
वास्तविक खेल सर्बोच्च अदालतले परमादेश जारी गरि शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाए पछि शुरु हुन्छ। बालकृष्ण खाँड गृहमन्त्री बन्छन अनि २०७८ साउन २७ गते गृह सचिवमा टेक नारायण पाण्डेलाई ल्याइन्छ। दुलाल-केसी-शर्मा गिराेह फेरि सक्रिय हुन्छ। सचिव पाण्डे सक्कली प्रतिवेदनकाे सट्टामा नक्कली प्रतिवेदन राखि नक्कली प्रतिवेदन कार्यान्वयन गरे बापत पैसाकाे डिल गर्न शुरु गर्छन।
यस काममा मानव तस्करीकाे पुरानाे अनुभव भएका नेपाली कांग्रेस ओखलढुंगाका सांसद रामहरि खतिवडा काम आउछन। दुलाल-केसी-शर्मा गिराेह सचिव पाण्डे मार्फत खतिवडा कहाँ पैसाकाे डिल गर्न पुग्छन। रामहरी खतिवडा हुँदै रकम मन्जु खाँड र आरजु देउवा कहाँ पुगेकाे कुरा बाहिरिएको अडियाे ले नै प्रष्ट पार्दछ।
अख्तियार प्रमुख प्रेम राई माथिकाे आक्रमण
केपी शर्मा ओलीकाे पालामा विवादास्पद रुपमा अख्तियार प्रमुखमा नियुक्ति पाएका प्रेम राई इमानदार कर्मचारीमा गनिन्छन। हालकाे सत्तारुढ दलहरुले उनकाे नियुक्ति नरुचाएकाे जगजाहेर नै छ।
याे मुद्दालाई प्रयाेग गरेर राईलाई रजिनामा गर्न बाध्य पार्न सकिन्छ भन्ने साेचमा सत्ता गठबन्धन थियाे तर देउवाका विस्वासपात्र र धर्मपत्नीकाे नाम मुछिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिडियामा नआउनुले खेल उल्टाे भएकाे संकेत गर्छ।
के याे मुद्दामा असलि दाेषी प्रकाउ पर्छन त?
याे मुद्दा हेर्ने संस्थाहरुकाे नेतृत्वमा रहेका मानिसहरुकाे निकटता हेर्दा याे सम्भव देखिदैन।
हालका राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरका भाइ हुन अहिलेका प्रहरी प्रमुख वसन्त कुँबर। अख्तियारले जन्ममिती छानबिन गरि दिएपछि प्रहरी प्रमुख बन्न नपाएका श्याम ज्ञावली एआइजी, उनी प्रेम राईसँग बदला लिने दाउमा छन। अर्का एआइजी हुन दिपक थापा । उनी मतपत्र च्यातेर रेणु दाहाललाई जिताउन भुमिका खेल्ने मध्येका एक हुन।
सरकारकाे तर्फबाट मुद्दाकाे अनुसन्धान गर्न पक्राउ पुर्जी माग्न अदालत जाने महान्यायाधिवक्ता चै पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका व्यक्ति ।
यस्ताे अवस्थामा वास्तविक दाेषी खतिवडा र राणा पक्राउ पर्छन भन्ने अनुमान गर्नु मुर्खता हुनेछ।