एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस



काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कहिलै पुरानो नहुने बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले उक्त कुरा बताउनु भएको हो ।

पोखरेलको स्टाटस

अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् ।
नेकपा(एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा(एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा(एमाले)को वाटो हो ।
मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।
माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । आन्तरिक संघर्षले संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो ।
मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ ।
नयाँ स्वतः विकल्प हुने, राम्रो र सफलहुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।
नेकपा(एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ ।
विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ ।
आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई