राजेश बज्राचार्यको यस्तो आयो स्टाटस


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ ।
बज्राचार्यले सामाजिक सञ्जालमा लेख्दै उहाँले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नुभएको छ ।

 

बज्राचार्यले अभियुक्त दुलालसँग आफ्नो कुनै चिनजान नभएको र चिनजानै नभएको व्यक्तिले गम्भिर अपराधमा आफ्नो नाम किन पोले र पोल्न लगाए यसको कारण आफुले बुझ्न नसकेको उल्लेख गर्नुभएको छ ।
‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाएको बयानका आधारमा मेरो चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु’ बज्राचार्यले फेसबुकमा लेख्नु भएको छ ।

बज्राचार्यको स्टाटस

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन । चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन । नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस  
आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कहिलै पुरानो नहुने बताउनु भएको छ । सामाजिक सञ्जाल

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई