थापाको योगदान निकै महत्वपूर्ण


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको इतिहासमा राष्ट्रको संरक्षण गर्ने व्यक्तिमा तत्कालीन मुख्तियार भीमसेन थापाको योगदान महत्वपूर्ण भएको बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औँ जन्मजयन्ती तथा भीमसेन थापा स्मृति पुरस्कार प्रदान’ कार्यक्रममा उहाँले तत्कालीन समयमा अङ्ग्रेजबाट नेपाली भूमिलाई सुरक्षा गर्न खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “इतिहास पढ्ने बेलामा थापाको बारेमा पढेको थिए, त्यो बेला अङ्ग्रेजबाट नेपाललाई बचाउने व्यक्ति, महिलालाई वधुवा बनाउन हुँदैन, विधवा देवरले सकार्नेजस्ता कुप्रथाको विरोध गर्नुभयो ।” नेपालको निजामती, सुरक्षा क्षेत्र र समग्र सेवाप्रदायक सरकारी निकायको विकासमा पनि उल्लेखनीय योगदान दिएको सुनाउँदै उहाँले थापाले नेपाली सेनाको सङ्ख्यामा वृद्धि गर्ने र सवल बनाउने मुख्य भूमिका रहेको बताउनुभयो । डा तुलसीराम वैद्येलाई भीमसेन थापा स्मृति पुरस्कार पूर्वप्रधानन्यायाधीश कार्कीले प्रदान गर्नुभयो । उहाँलाई रु ५१ हजार १११ र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत व्यक्तित्व डा वैद्येले प्रतिष्ठानले नेपालको इतिहासमा देशभक्त थापाका बारेमा गहन अध्ययन गरी ग्रन्थ प्रकाशन गर्न आग्रह गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले थापाको जन्मजयन्तीका अवसरमा प्रतष्ठिानले हरेक वर्ष कार्यक्रम गरी थापाको योगदानको स्मरण गर्ने र उहाँको बारेमा अध्ययन गर्ने व्यक्तिलाई पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो । नेपालका राष्ट्रिय विभूति भीमसेन थापा नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करीब छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाल थापाकुलका साना अमरसिंह थापा र सत्यरुपाका पाँच भाइ छोरामध्ये ज्येष्ठपुत्रका रुपमा गोरखामा जन्मनुभएको थियो । इमान्दार, कर्मठ एवं स्वाभिमानी राष्ट्रसेवक थापाविरुद्ध तत्कालीन समयमा लागेको झुटो आरोप सहन नसकेपछि आफ्नो इज्जतमा लागेको दागलाई सहन नसकी प्राण त्याग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई