८ महिनामा ५५० भन्दा श्रमिकको मृत्यु


चैत २८, २०७५ काठमाडौँ । वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ भन्ने नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।
मलेसियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ । साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २

अर्थमन्त्री जनार्दन शर्माको स्टाटस : स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ

काठमाडौं, माघ १५ : नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले समयमै चुनाव हुनुपर्ने

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल   

काठमाडौँ, १५ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर

कांग्रेस उपसभापतिको मतगणना जारी , कसले कती पाए मत

  काठमाडौँ, २९ मङ्सिर: नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ । गणना सानेपामा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई