जबजका १४ मध्ये ११ विशेषताहरू नेकपाको अन्तरिम विधानमा परेको केन्द्रिय सदस्य सुर्य थापाको खुलासा


नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य सुर्य थापाले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अन्तरिम विधान-२०७५ मा जनताको बहुदलीय जनवादका १४ थपमध्ये ११ विशेषताहरू समेटिएको खुलासा गर्नुभएको छ । उहाले उक्त खुलासा आज फेसबुकमा लेख्दै बताउनु भएको हो । हेर्नुस्

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अन्तरिम विधान-२०७५ (केन्द्रीय कमिटीको प्रथम बैठक २०७५ जेठ ३ बाट पारित) मा पार्टीको कार्यक्रम र कार्यदिशाका विशेषताहरू निम्नबमोजिम स्पष्ट गरिएको छ:
१.संविधानको सर्वोच्चता
२. विधिको शासन
३. मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति
४. शक्ति पृथकीकरणको सिद्धान्त
५.बहुलतायुक्त खुला समाज
६. बहुदलीय प्रतिस्पर्धा
७. आवधिक निर्वाचन
८. जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार संचालन
९. प्रतिपक्षको संवैधानिक व्यवस्था
१०. स्वतन्त्र न्यायपालिका र
११. आधुनिक लोकतन्त्रको विश्वव्यापी मान्यतामा प्रतिबद्धता । (पृष्ठ ५, दोस्रो अनुच्छेद)
जनताको बहुदलीय जनवादका १४ थपमध्ये ११ विशेषताहरू समेटिएको कार्यक्रम र कार्यदिशाको नाम के हुन्छ?
जबकि जनताको बहुदलीय जनवादका १४ विशेषताहरू यसप्रकार रहेको स्पष्ट छ:
१. संविधानको सर्वोच्चता
२. बहुलवादी खुला समाज
३. शक्ति पृथकीकरणको सिद्धान्त
४. मानवअधिकारको रक्षा
५. वहुदलीय प्रतिस्पर्धाको प्रणाली
६. आवधिक निर्वाचन
७. बहुमतको सरकार र अल्पमतको विपक्ष
८. कानुनको शासन
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
१०. विदेशी पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग
११. क्षतिपूर्ति
१२. विदेश नीति
१३. नेतृत्व र अधिनायकत्व
१४.जनताको वहुदलीय जनवाद ।
उल्लिखित ११ र १४ वटा वुँदा र विशेषताहरूको तुलनात्मक अध्ययन, विश्लेषण र संश्लेषण गरेर भन्न सकिन्छ:
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
११. क्षतिपूर्ति
१४.जनताको वहुदलीय जनवाद
(मदन भण्डारीका छानिएका रचनाहरू) –

यिनै तीनवटा बुँदा र विशेषता स्वीकार गरिएको छैन !
अनि कार्यक्रम र कार्यदिशा कसको भयो ? जनताको जनवाद कुन जगमा उभिएको छ ?

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई