१६ किलो सुन काण्ड: राजश्व अनुसन्धान विभागले अनुसन्धान थाल्यो


गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । “शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भन्नुभयो । उहाँका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ ।

गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई