उजुरी अगाडिनै चोर समातिएपछी


मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । मौखिक उजुरी अगाडिनै चोरहरुलाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको जनाइएको छ ।
रकमसहित शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ ।
त्यस्तै अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई