विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा दुई पक्राउ


राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा वैदेशिक रोजगारमा राम्रो तलब र सुविधा पाउने आश्वास देखाउने र रकम पाएपछि सम्पर्कविहीन भएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बरहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले पक्राउ परेका छन् । थारूलाई काठमाडांैँको बानेश्वर र काफ्लेलाई सुनसरीको बरहाक्षेत्र–६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उहाँका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइ दिने भन्दै धरानका दुई जना युवाबाट रु १७ लाख ठगी गरेका छन् । निजले धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । यस्तै काफ्ले विभिन्न १३ व्यक्तिलाई विभिन्न देशमा रोजगारीका पठाउने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई