विदेशबाट आउने जुनसुकै खाद्य सामग्री तथा पशुपंक्षी जथाभावी रुपमा ल्याउन नदिइने


कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताउनुभएको छ । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग आज भएको छलफलमा मन्त्री खनालले क्वारेन्टाइनमा रहेका समस्या समाधानका लागि अन्तर सरकारी निकायबीच समन्वय गरेर समस्या समाधान गरिने बताउनुभयो । अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय गरेर क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको तर्फबाट पहल हुने मन्त्री खनालको भनाइ थियो । क्वारेन्टाइनमा दरबन्दी अनुसारको कम कर्मचारी, भौतिक संरचना र सेवा सुविधासमेत कम भएको भन्ने सन्दर्भमा मन्त्री खनालले ती विषयलाई समेत समाधान गरिने बताउनुभयो । भन्सार कार्यालयमा रहेका क्वारेन्टाइनमा निरन्तर परीक्षण र कडाइ गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले मनलाग्दी तवरले विदेशबाट आउने जुनसुकै खाद्य सामग्री तथा पशुपंक्षी जथाभावी रुपमा ल्याउन नदिइने स्पष्ट पार्नुभयो । उहाँले प्रयोगशालालाई थप व्यवस्थित बनाउने र आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि परीक्षण गरिनेमा जोड दिनुभयो । मन्त्रालयका सचिव प्र्रकाश माथेमाले क्वारेन्टाइनसँग जोडिएका समस्याहरु अल्पकालीन र दीर्घकालीन कार्ययोजना योजना बनाएर समाधान गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका अर्का सचिव युवकध्वज जिसीले समायोजनका कारण कर्मचारीमा समस्या आएको हुन सक्ने भएकाले कहाँकहाँ समस्या रहेका छन् त्यसका बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । कानूनमा भएको अधिकार प्रयोग गर्दै उच्च मनोबलका साथ काम उहाँले निर्देशन दिनुभयो । मन्त्रालय मातहत पशुपन्छीतर्फ आठ क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन भने कृषितर्फ १५ वटा क्वारेन्टाइन कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई