राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु


१३ साउन: अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए ।

आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ । विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताउनुभयो । सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ । मारिनेमा चार जना प्रहरी र १६ जना गैर सैनिक नागरिक रहेका छन् ।

राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो । उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । आक्रमणकारीहरु मध्येबाट चार जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ । सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उहाँले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ । अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेह पनि सो निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई