कोशी र गण्डकीको किनारमा वेद र पुराणको रचना भएको थियो : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताउनुभएको छ । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उहाँले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,“हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै बिरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।” प्रधानमन्त्री ओलीले भन्नुभयो,“हिन्दूवादका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षणपश्चात मात्र विश्वास गर्नुपर्दछ भनेका छन् । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन्, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।” प्रधानमन्त्री ओलीले दर्शन शास्त्र विश्वको यही भू–भागमा उत्पन्न भएको हाम्रा पुराणबाट पुष्टि गरिएको उल्लेख गर्दै हाम्रा पूर्खाले ब्रह्माण्ड र पृथ्वीको उत्पत्तिका सम्बन्धमा र खगोल शास्त्रका विषयमा समेत विहङ्गम अध्ययन गरेको बताउनुभयो । हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।” हाम्रो परम्परा गौरवमय थियो भन्ने कुरा अब कामबाटै प्रमाणित गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई