योगेश पर्यटनमन्त्री बनेसँगै ताप्लेजुङवासी गदगद, बिरोधी भन्छन “चुनावी वादा पूरा हुन्”


‘अब बकैदामन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको, जिताएर पठाउनुहोस, मन्त्रीको बिल्ला भिराएर फर्काउँछु’–प्रतिनीधिसभा सदस्य निर्वाचनकाबेला तत्कालीन एमाले अध्यक्ष केपी ओलीले भन्नुभएको थियो । माननिय योगेश भट्टराईलाई र्पयटन मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो बचन पुरा गर्नु भएको छ।

निर्वाचनकाबेला ओलीले दिनुभएको त्यो बचन योगेश भट्टराईलाई प्रतिनीधिसभा सदस्यमा निर्वाचित गराउने ठूलो खुड्किलो बन्यो । जिल्लावासीले त्यही बचनलाई सम्झेर पनि भट्टराईलाई जिताएर पठाए तर ओलीको मन्त्रिमण्डलमा योगेश नपरेपछि भने ओलीकै भाषण सामाजिक सञ्जालभर राखेर लामो समयसम्म आलोचना भयो ।

अन्तत भट्टराईलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले बचन पूरा गर्नुभएको छ । योसँगै जिल्लावासीमा खुशीयाली छाएको छ । अहिलेसम्म राजकीय पदमा नपुग्नुभएका भट्टराईलाई अप्ठ्यारो र समस्या आइपर्दा सम्झिरहने जिल्लावासी, अव मन्त्री बनेपछि अझ जिल्लाको विकासले फड्को मार्ने विश्वासका साथ खुशीयाली बनेका हुन् । सर्वसाधरण नागरिक, विभिन्न पेशा व्यवसायीदेखि लिएर प्रतिनीधिसभा निर्वाचनमा उहाँकै प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहाललेसमेत शुभकामना र बधाई व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “राजनीतिक बाटो फरक भए पनि चुनाबका बेला हामीले पहिचान गरेका समस्या र एजेण्डा उस्तै थिए । साझा थिए, जसले जिते पनि जिल्लालाई समृद्ध बनाउनुपर्ने थियो, उहाँले मलाई पराजित गरेर आज मन्त्री हुनुभएको छ । तमोर करिडोर, ओलाङचुङगोला लोकमार्ग, पाँचथरको थर्पु हुँदै कञ्चनजङ्घा जाने मोटरबाटो, मदन भण्डारी राजमार्ग, पाथीभरा जाने बाटो निर्माण हाम्रा साझा एजेण्डा थिए, जसलाई पूरा गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।” दहालले प्रतिपक्षीलाई विश्वासमा ल्याएर अघि बढ्न सुझाव दिनुभयो । दहालले १६ हजार ८८८ मत ल्याउनुभएको थियो भने भट्टराईले २९ हजार ४७९ मत ल्याउनुभएको थियो । चुनावी मैदानमा उत्रिएका बेला भट्टराई र दहालका एजेण्डा उस्तै–उस्तै थिए । तमोर करिडोर, मदन भण्डारी राजमार्ग, ओलाङचुङगोला लोकमार्ग निर्माण साथै टिपताला नाका खोल्ने र अलैँची खेतीलाई प्रवद्र्धन गर्ने जस्ता एजेण्डालाई भट्टराईले प्राथमिकता दिनुभएको थियो । अब यिलगायतका विकासका कामले फड्को मार्ने यहाँका नागरिकको विश्वास छ । “जिल्लाले पर्यटनमन्त्री पाएको छ, अव ताप्लेजुङ समृद्धि तर्फ अघि बढ्छ भन्ने विश्वास छ, चीनसँगको नाका खोलेर जिल्लालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न साथै विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी ती क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी जिल्लालाई पर्यटनमैत्री मात्रै बनाउन सके पनि ताप्लेजुङ समृद्ध हुन्छ”,–पर्यटन व्यवसायी ओम प्रकाश राईले भन्नुभयो ।

यता जिल्लाको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङ कि बच्छलीमाया भट्टराईलाईसमेत योगेशमन्त्री हुँदा खुशीको सीमा छैन । वृद्ध भएर पनि राजनीतिमा चासो राख्ने भट्टराईले भन्नुभयो, “हामी त अस्ताउन लागेको घाम जस्तै भइसक्यौँ, अव अरुका लागि राम्रो होस्, जिल्लाका नेताले राम्रो काम गरुन् ।” विस.२०२३ भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मनुभएका भट्टराईले विसं २०३७ देखि विद्यार्थी राजनीतिबाट आफूलाई सशक्त बनाउँदै राजनीतिमा आफूलाई स्थापित गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा स्वच्छ छवि बनाउनुभएका भट्टराईले प्रतिनीधिसभाको निर्वाचनबाट प्रतिनीधिसभा सदस्य बनेसँगै ताप्लेजुङको विकासमा थप चासो राख्दै आउनुभएको छ । सालिन स्वभावका भट्टराईबाट जिल्लावासीले ठूलो भरोसा र विकासको अपेक्षा गर्दै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई