सामाजिक सञ्जालले हिंसा बढायो, गतिविधि शङ्कास्पद लागेमा तत्काल १०० नम्बरमा कल गर्न अनुरोध


प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग हुँदा हिंसाका घटना बढेको जनाएको छ । घरपरिवारले बालबालिकाको गतिविधिमा निगरानी गरी सामाजिक सञ्जाललाई सही कामका लागि प्रयोग गर्न सिकाउनसके हिंसाका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले समाजमा लैैङ्गिक हिंसा हुनुका प्रमुख कारण सामाजिक सञ्जाल रहेको दाबी गर्नुभयो । सबै मिलेर अगाडि बढ्नसके शान्त, सुरक्षित तथा सभ्य समाज निर्माण गर्न सकिने चर्चा गर्दै उहाँले समाजमा कुनै पनि शङ्कास्पद गतिविधि भएमा तत्काल १०० नम्बरमा कल गर्ने बानी बसाल्नसमेत अनुरोध गर्नुभयो । नेपाल प्रहरीले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न गत वर्षको कार्तिक देखि समुदाय–प्रहरी साझेदारी अभियान शुरु गरेको थियो । उक्त अभियानका कारण समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बन्दै गएको र आपराधिक घटना बाहिर ल्याउन सहयोग पुगेको प्रहरीको निष्कर्ष छ । प्रहरीले अहिले विद्यालयदेखि विभिन्न जिल्लामा पालिका समिति निर्माण गरेर गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई