खुल्लामञ्च “बेच्ने” ठेकेदारलाई लाग्यो विदेशी मुद्रा अपचलनको मुद्दा


गैरकानुनी रुपमा खुल्लामञ्चमा सटर बनाई बेचेर विवादमा आएका ठेकेदार मनोजकुमार भेटवाल सहित अन्य चार जना माथि राजश्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन मुद्दामा मुद्दा दायर गरेको छ ।

सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौँमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ्ग प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमार्फत रकम ल्याएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।

अनुसन्धानमा रकम बरामद भएका व्यक्ति राजकुमार गुरुङ अभिताव मल्टी प्रपोज प्रालिका कर्मचारी भएको खुल्न आएको छ । उनीहरुले उक्त कम्पनीबाट कुनैपनि कारोबार नभएको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको देखिए पनि उक्त कम्पनीले बारम्बार ठूलो रकम राख्ने र निकाल्ने गरेकोसमेत खुल्न आएको जनाइएको छ ।

उनीहरुले कारोवार गरेको रकम के वापतको हो भनी स्पष्ट पार्न नसकेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन र विप्रेषण नियमावली २०६५ विपरीतकार्य गरेको विभागले ठहर गरेको छ । उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्र्याइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम रु चार करोड २७ हजारको रु चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।

विभागले राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटवाल र निशा गुरुङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम विगोको तीन गुणा रकम असूल गरी ऐन बमोजिम तीन वर्ष कैद सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई