प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएका छन ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

६ हजार ८६४ सामुदायिक आयोजना सम्पन्न भएको छ भने २२ लाख ६२ हजार २६९ दिनको रोजगारी दिइएको थियो ।