‘एकको दान, अर्कोलाई वरदान’


सूर्यचन्द्र बस्नेत किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । यसले प्रशोधित सामान न्यून मूल्यमा पाउने, फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा मद्धत पुग्ने संस्थाको दावी छ । ‘एकको बेकार, अर्काको सरोकार’ । ‘एकको दान, अर्कोलाई वरदान’ । ‘माया बाडौं, खुशी बढाऔँ’ । यस्तै सोचका साथ सुखवती स्टोरले घर, कार्यालयबाट फ्याकिने अवस्थाका सामान मर्मत र सुधार गरी फेरी प्रयोगयोग्य बनाउने गरेको छ । भान्साका विविध सामान, महिला, पुरुष वा बच्चाका कपडा, खेलौना, जुनसुकै प्रकारका विद्युतीय सामग्री, टिभी, सिडी, किताब, गमलासहित नर्सरीका सामान, फलफूल र अन्य वनस्पतिका बिरुवा समेत उपयोग गर्ने गरेको संस्थाका सचिव कमला गुरुङ्गले बताउनुभयो । “कपडा छान्छौं, धुन्छौं र सिलाएर आइरनपछि नयाँ सरह बनाउँछौं, विद्युतीय र अन्य सामग्री मर्मत गरेर प्रयोग हुने बनाउँछांै”, सचिव गुरुङ्गले भन्नुभयो । सामाजिक उद्यमशीलताको सोचअनुरुप काठमाडौँको बसुन्धारामा नौ जनाबाट १३४ केजी दान लिएको सामान प्रशोधन गरी बेचेर शुरु भएको यो अभियान राजधानीका म्हैपी, सामाखुशी हुँदै अहिले गोँगबुमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको छ । कहिलेकाँही मेला महोत्सवमा समेत सामान बिक्री हुन्छ । चार वर्षको अवधिमा करीब २० हजार केजी कपडा प्रशोधन गरेको संस्थाका अध्यक्ष चीजमान गुरुङ्गले बताउनुभयो । “कपडा किन्न विदेसिने पैसा जोगिएको छ, घर कार्यालयको फोहोर व्यवस्थापन र नयाँ सामान तयार गर्दा लाग्ने समय अनि वातावरणीय स्रोत जोगिएको छ”, अध्यक्ष गुरुङ्गको भनाइ छ । पुनः तयार गरिएका जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा रु १०, रु ३०, रु ५०, रु ८०, रु १०० र रु २०० मूल्य राखिएको छ । कतिपय कोट र सारीको मूल्य भने रु ५०० सम्म पर्छ । यहाँ विद्युतीय लगायतका सामग्री न्यून मूल्यमा बिक्री हुन्छ । न्यून आएका भएका, पैसा कम हुने विद्यार्थी र किशोर, आफूलाई नभएपनि राहत वा अरुका लागि र कहिलेकाहीँ सस्तोमा ‘ब्राण्डेड’ कपडा चाहनेहरु स्टोरमा आउने गरेको कोषाध्यक्ष केशकुमारी रानाले बताउनुभयो । पहिलेको तुलनामा भने अचेल नयाँ कपडा र सामान दान गर्ने बढेका छन् । नाम चलेको संस्थाले समेत नयाँ कपडा, ब्राण्डेड सामान र आफूले बेच्न राखेका तयारी सामान दान दिने क्रम बढेको कोषाध्यक्ष रानाले सुनाउनुभयो । “टयाक्सीमा ल्याएर सामान छोडिदिन्छन्, राम्रो काम गर्नुभएको रहेछ भनेर हातको घडी पनि फुकालेर पनि दिए”, कोषाध्यक्ष रानाले भन्नुभयो । सामग्री दान लिने, छान्ने, धुने, सिलाउने, नम्बर र मूल्य राख्ने, बिक्री र व्यवस्थित गर्ने कामका लागि १२ स्वयंसेवी छन् । विद्यार्थी, गृहिणी र अन्य इच्छुक पनि योग्यता र रुचि अनुसारको काम गर्छन् । झण्डै दुई दशक सिँगापुरमा लाहुरे पतिसँग बसेका कमला, केशकुमारी मात्र हैन सङ्गु सुब्बा, कल्पना गुरुङ्ग, लक्ष्मीदेवी गुरुङ्ग र रञ्जना तामाङ्गले घरमा बस्नुभन्दा समाज सेवामा लाग्नु वेश भनेर स्वयंसेवी कामको नेतृत्व लिएका छन् । चर्को भाँडा तिर्नुपरेकाले नगरपालिका वा कुनै संस्थाले प्रशोधनका लागि सार्वजनिक जग्गा उपलब्ध गराए काममा सहयोग पुग्ने अध्यक्ष गुरुङ्गले बताउनुभयो । त्यस्तै मोवाइल सवारी साधन, दक्ष, अनुभवी र उच्च शिक्षा पढेका स्वयंसेवीको खाँचो रहेको बताइएको छ । काठमाडौँ उपत्यकाका पाँच ठाउँमा यसको सेवा विस्तार गर्न सकिनेछ भने कपिलवस्तु, बुटवललगायत ठाउँबाट सेवा विस्तारको माग आएको बताइएको छ । । संस्थाका प्रोजेक्ट म्यानेजर चित्र दाहालले २० टन सामान उपयोग र अन्य कामबाट ३३ लाखको सामान बिक्री भएको बताउनुभयो । तीस प्रतिशत आम्दानी घरभाडा, मर्मत, प्रशोधनसहित सञ्चालन खर्चमा जान्छ । “७० प्रतिशत राहत, अनाथालय, छात्रवृत्ति, अपाङ्गता भएका व्यक्ति र अन्य सहयोगमा खर्च हुन्छ”, दाहालले भन्नुभयो । उहाँले सामाजिक उद्यमशीलताको अवधारणा अनुरुप कृषि, सिँचाइ, फलफूल खेतीतर्फ केही गरौँ भनेर काम अघि बढाइरहेको जानकारी दिनुभयो । गार्खा भूकम्पपछि भूकम्पपीडितलाई खाद्यान्न, कपडाजस्ता सामग्री संस्थाले वितरण गरेको थियो । ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा स्टोरले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका साबिकका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई आठ हजार सिरक वितरण गर्यो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा नुवाकोट हिलेखर्कमा २७ लाखमा गारबेँसी निमाविको भवन बनाउन सहयोग गरेको संस्थाले सिन्धुपाल्चोकको दोलालघाटमा छ कोठे विद्यालय भवन र शौचालय बनाउन सहयोग जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई