चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् : मन्त्री पण्डित


धनगढी, २८ चैत (रासस)ः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताउनुभएको छ । प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् ।” कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । मन्त्री पण्डितले समायोजनका विषयमा कर्मचारीले गरेका गुनासाका बारेमा छानबिन भइरहेको जानकारी दिनुभयो । कर्मचारी व्यवस्थापनको काम पूरा गरेर सरकारले आफ्ना काममा गति ल्याउन चाहेको उहाँको भनाइ थियो । मन्त्री पण्डितले चालू आर्थिक वर्षमा जनशक्ति व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई