लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध किन लगाइयो


(रासस÷एएफपी ) : अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उहाँलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् । अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उहाँले मैदान छोड्नु परेको थियो । बार्सिलोनाबाट खेल्दै आउनु भएका ३२ वर्षीय मेस्सीले त्यतिबेला “प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको” टिप्पणी गर्नु भएको थियो । दक्षिण अमेरिकी फुटबल संंघको निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय रहेको छ । प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उहाँ वञ्चित हुनुहुने भएको छ । सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ । कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल संघले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो । दक्षिण अमेरिकी फुटबल संघले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो । चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई