कस्तुरीको बिनासहित दुई जना पक्राउ
नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका–१० मनमैजु मालपोत कार्यालय चौक नजिकको प्रतिक्षालयमा बसि रहेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आइतबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामालाई चार सेतो रङका बिनासहित पक्राउ गरिएको जानकारी दिनुभयो । दुबै जनासँग प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम बिना बरामद गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।