शालिग्राम चोरी गर्नेलाई चार वर्ष कैदको सजाय


पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ ।

पर्वत जिल्ला अदालतको आजको फैसलाले आरोपित कशम पुनमगर, लेखबहादुर सार्की, सुम गुरुङ र अञ्जल बराइलीलाई अभियुक्त ठहर गरी जनही चार वर्ष जेल सजायसहित रु ४० हजार जरिवानाको सजाय सुनाएको हो । आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गत २६ फागुनमा शालिग्राम शिलासहित नियन्त्रणमा लिएको थियो । चोरी गरिएका ३८ थान शालिग्रामसहित प्रहरीले तीन जना अभियुक्तलाई तत्काल तथा एक जनालाई सोधपुछ र अनुसन्धानका क्रममा पक्राउ गरेको थियो ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रुपमा पूजा गर्ने शालिग्राम शिला कुश्मा नगरपालिका–४ छमर्केको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो । पर्वत जिल्ला अदालतले मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४२ अनुसार मन्दिर तथा देवदेवालयमा रहेका सामग्री चोरी गर्नेलाई कम्तिमा दुई वर्षदेखि सात वर्षसम्म कैद सजाय र रु २० हजारभन्दा माथि जरिवाना गर्ने व्यवस्थाबमोजिम उक्त फैसला सुनाएको हो ।

शालिग्राम चोरीको अभियोगमा सजाय भोग्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, कुश्मा नगरपालिका–६ बस्ने २९ वर्षीय सुमन गुरुङ, कुश्मा नगरपालिका–१० बस्ने ३२ वर्षीय लेखबहादुर नेपाली र धादिङको नीलकण्ठ नगरपालिका घर भई कुश्मा नगरपालिका–५ मा बस्दै आएका २५ वर्षीय अन्जन बराइली रहेका छन् ।

विसं १८९० मा बनाइएको नृसिंह मन्दिरमा त्यति बेलादेखि नै शालिग्राम शिला राखिएको इतिहास छ । मन्दिरमा १०० ग्रामदेखि ५०० ग्रामसम्मका साना–ठूला शालिग्राम शिला राखिएको थियो । भारतका विभिन्न शहरमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई