पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सांसदको माग


प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता डिसी चौधरी, देवेन्द्र पौडेल, प्रमिला राईलगायतले बाढीपहिरोका कारण जनता घरवारविहीन हुँँँदासमेत सरकारको ध्यानाकर्षण हुन नसकेको बताउनुभयो । सांसद टेकबहादुर बस्नेतले अधुरा आयोजनाबारे सरकार कसरी अगाडि बढिरहेको छ ? बोलपत्र कसरी गरिएको छ ? भन्ने प्रश्न गर्नुभयो । सांसद डिला सङ्ग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सांसद दीपकप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा पनि नाका खुल्न सकेको छैन, सरकारले त्यस बारेमा पलल गरोस् भन्नुभयो । सांसद देवप्रसाद गुरुङले बाढीपहिरोका कारण भएको क्षतिपूर्तिबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नरमाया ढकालले राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद पदम गिरीले पोखरा–बाग्लुङ सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पार्वताकुमारी विसङ्खेले दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटपिट गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो । सांसद पुष्पा भुषालले सत्ताको आडमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढ्दै गएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई