सुकुम्वासी सधैँ सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन: मन्त्री अर्याल


भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक– २०७५ लाई छिटो समितिबाट पारित गरिदिन आग्रह गरेको छ ।

भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका क्रममा रहेको छ । मन्त्रालयले सो विधेयक एक वर्ष अगाडि समितिमा पठाएको थियो । समितिको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयकलाई छिटो समितिबाट पारित गरिदिन आग्रह गर्दै विधेयकले समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयकमा मुख्य रुपमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेका जनतालाई एकपटक सरकारले निर्धारण गरेअनुसारको जमीन लालपूर्जासहित वितरण गर्ने प्रावधान छ । तर के कति क्षेत्रफलको जमीन वितरण गर्ने भन्ने विधेयकमा प्रावधान राखिएको छैन । उहाँले संविधानको भावनाअनुसार सबै जनतासित लालपूर्जा हुने नीति सरकारको रहेको बैठकलाई जानकारी गराउँदै वितरण गरिने जमीन आवास प्रयोजनका लागि हुने छ भन्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, “सुकुम्वासी सधैँ सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन । उनीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउन सरकारले ध्यान दिएको छ ।” समितिको बैठकमा सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेका जनतालाई वितरण गर्ने जमीन बैंक तथा वित्तीय सस्थामा धितो राखी आर्थिक कारोवार गर्न पाउने की नपाउने, हस्तान्तरण गर्न पाउने की नपाउने, भाडा दिन हुने की नहुने जस्ता विषयमा सदस्यका बीच सहमति हुन सकेन ।

सरकारले वितरण गरेका जमीन धितो राख्न नपाउने, हस्तान्तरण गर्न नपाउने र भाडामा समेत दिन नपाउने प्रावधान विधेयकमा राखिएको छ । बैठकमा समिति सदस्य शान्ता चौधरीले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेका जनताको समस्या सम्बोधन एउटै विधेयकबाट सम्बोधन हुन सक्दैन भन्नुभयो । उहाँले सरकारले वितरण गरेको जमीन बंैक तथा वित्तीय संस्थामा राख्न नपाइने हो भने गम्भीर बिरामी हुँँदा मृत्यु पर्खिने हो ? भनी प्रश्न गर्नुभयो । समिति सदस्य राजबहादुर बुढाक्षेत्रीले सुकुम्वासीका नाममा जमीन लिइसकेकालाई पुनःजमीन वितरण गर्न नुहनेमा जोड दिँदै सुकुम्वासीका नाममा कति जमीन वितरण भयो ? सरकारले जानकारी दिनुप¥यो भन्नुभयो ।

अर्का सदस्य छविलाल विश्वकर्माले पुनर्वास कम्पनीले भूमिहीन तथा सुकुम्वासीलाई जमीन वितरण गर्ने हुँदा कम्पनीको सहकार्यलाई पनि विधेयकमा राख्नुपर्ने बताउनुभयो । समिति सदस्य सीतादेवी यादवले हालसम्म सरकारले सुकुम्बासीका नाममा कुन जिल्लामा के कति जमीन वितरण ग¥यो, त्यसको विवरण उपलब्ध गराउन माग गर्नुभयो । सदस्य दलबहादुर रानाले लालपूर्जा नहुनेलाई सुकुम्वासी भन्न नहुने तर्क गर्दै अव्यवस्थित बसोबास समस्या समाधान गर्न वन मन्त्रालयसित सहकार्य हुन जरुरी रहेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई