परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा


नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ । शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ ।

सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष र २०९ महिला रहेका छन् । यसैगरी पाँच हजार ७९७ जना परिवार नियोजन चक्की, सात हजार ६१० जना तीन महिने सुई(डिपो), २५६ जना कपर टि (बाह्र वर्षे) र नरप्लान्ट तथा ९० जना महिला स्थायी बन्ध्याकरण गरेको शाखाले जनाएको छ ।

यस्तै सुरक्षित गर्भपतनतर्फ ३०५ महिलाले सेवा उपलब्ध गराएको छ । तीमध्ये २४ वर्ष मुनिका ७३ जना रहेका छन् । सुरक्षित गर्भपतनका लागि सुनसरी जिल्लाबाट समेत सेवा लिन आउने गरेको प्रमुख दाहालले बताउनुभयो । सङ्घले पाठेघरको क्यान्सर जाँच ४५२ जना, गर्भवती जाँच तीन हजार ८५२ र अन्य प्रजनन् स्वास्थ्य सेवा एक हजार १६३ जनालाई उपलब्ध गराएको छ । यस्तै परामर्श तथा एचआइभी परीक्षण एक हजार ७३७, सामान्य स्वास्थ्यसम्बन्धी चेकजाँच ३८७, परिवार नियोजनसम्वन्धी परामर्श सेवा ३६ हजार २४७, प्रजनन स्वास्थ्य सम्वन्धी परामर्श १ हजार १६३, वालवच्चाको विभिन्न खोपहरु १२ हजार ३४४ जनालाई सेवा उपलव्ध गराएको छ । एचआईभी एड्ससम्बन्धी परीक्षण ५७६ जनाले गराएकोमध्ये कसैमा पनि सङ्क्रमण नदेखिएको प्रमुख दाहालको भनाइ छ । सङ्घमा सेवा लिन सबै समुदायका महिला आउने गरे पनि मुस्लिम महिला ज्यादै कम आउने गरेका छन् ।

सङ्घले गर्भपतन बाहेक अन्य सबै सेवा निःशुल्क प्रदान गर्दै आएको छ । सङ्घले सन् २०१७ मा ७२ हजार ३०० जनालाई सेवा प्रदान गरेको थियो भने यसवर्ष २०१९ मा एक लाखलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रमुख दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई