नयाँ योजनाका साथ जनताका बीचमा आउछौँ : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं २ ले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको नीति कार्यक्रम तथा बजेटबारे जानकार रहन आग्रह गर्नुभयो । “स्थानीय तहमा कहाँ कति बजेट प¥यो, नीति कार्यक्रम कस्ता छन् ?, तपाईहरु अध्ययन गर्नुस्, आफ्नै वडामा आएको बजेटबारे थाहा नपाउने स्थिति हुनुहँुदैन” उहाँले भन्नुभयो । उज्जवल राजनीतिक भविष्यका लागि पार्टीको नीति बुझ्न जरुरी रहेकाले तल्लो तहबाटै सक्रियता बढाउन कार्यकर्तालाई उहाँले आह्वान गर्नुभयो । पार्टीका योजना र दृष्टिकोणका साथ नेकपाले जनताका बीचमा आउने तयारी गरेको महासचिव पौडेलले बताउनुभयो । “हामी पार्टी तथा सरकारको नीति र नेतृत्वका विषयमा जनताको विचार सुन्न चाहन्छौँ र जनताकै सुझाव र इच्छाअनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । उहाँले पार्टी एकता प्रक्रिया बलियो जगमा खडा भएकाले आपसी विमति नरहेको स्पष्ट पार्नुभयो । “हामीले पार्टी एकताका क्रममा जे निर्णय ग¥यौ ती परिपक्व छन्”, उहाँले भन्नुभयो । पार्टी एकता जनताका पक्षमा रहेको बताउँदै पौडेलले पार्टी एकता र पार्टीको भविष्यप्रति शङ्का गर्ने ठाउँ नरहेको धारणा राख्नुभयो । सरकारले विकास र सम्मृद्धिको अभिभारा पूरा गर्नेमा ढुक्क रहन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जनताको विकास र समृद्धिको सपना पूरा गर्न नेकपा दृढ रहेको बताउनुभयो । नेकपाका रुपन्देही इञ्चार्ज तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले देश र जनताका पक्षमा काम गर्न नेकपा सरकारमा गएको उल्लेख गर्नुभयो । नेकपा नवलपरासी इञ्चार्ज तथा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले विकास निर्माणका हिसाबले प्रदेश अगाडि रहेको बताउनुभयो । पार्टीका रुपन्देही सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टी एकता बलियो ढङ्गले अगाडि बढेको बताउनुभयो ।