सुकुम्बासी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्छौ : महासचिव पौडेल


पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । बुटवल उपमहानगरपालिका–२ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिने बताउनुभयो । “भूमिसम्बन्धी ऐन संशोधन गरी बनेको विधेयक हाल सङ्घीय संसद्मा छलफलको चरणमा छ । विधेयकको टुङ्गो लागेपछि आगोग गठन गरी भूूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्छौं”, उहाँले भन्नुभयो । महासचिव पौडेलले बुटवलको गौरवका रुपमा जितगढी किल्लाको विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । जितगढी किल्लालाई अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय सम्पदाका रुपमा विकास गर्नुपर्नेमा महासचिव पौडेलले जोड दिनुभयो । उहाँले तिनाउ पुल पुरानो अवस्थामा रहेकाले नयाँ निर्माण जरुरी रहेको र बुटवल–कोहलपुर सडक विस्तारको तयारी भइरहेको जानकारीसमेत गराउनुभयो । उहाँले वडामा बजेटको सही सदुपयोग र कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । “जनप्रतिनिधि र जनताका काम नगर्ने अधिकार कर्मचारीलाई छैन । जनताका समस्या समाधानका लागि योगदान दिनु उनीहरुको दायित्व हो”, महासचिव पौडेलले भन्नुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले नगर सरकारको अनुभूति हुने गरी स्थानीय तहमा काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवस्थित योजना निर्माण र कार्यान्वयन गरी समृद्ध नगरको परिकल्पना साकार गर्नु अहिलेको आवश्यकता रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई