प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण भ्रमण लम्बियो, स्वास्थ्य अवस्था भने सामान्य
उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउसो थाई एयरवेजको विमानबाट स्वदेश फर्किदै हुनुहुन्छ। उक्त जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले ट्विट मार्फत दिनु भएको हो। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने पूर्व निर्धारित कार्यक्रम भए पनि उहाँको भ्रमण दुई दिन लम्बिएको हो ।
प्रधानमन्त्रीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ भने उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।
प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह सहित नौजनाको टोली सहभागि छ ।