शीर्षक घिमिरेको सल्लेरिको वन
शिर्षकको गितको चर्चा यतिबेला बजारमा शीर्षक घिमिरेको सल्लेरिको वन गितको चर्चा छ । पछिल्लो समयमा लोकको लय टिपेर राम्रो चर्चा पाएको गित सल्लेरीको वनको शब्दमात्र हैन संगित पनि उत्तिकै सुमधुर बनेको छ ।
गितमा चर्चित नायिका बर्षा राउत र पुष्पल खड्काको अभिनयका कारण पनि चर्चा पाएको हो । मनछुने शब्दमा चर्चित गायिका मेलिना राई र डेविड शंकरको स्वरले पनि यसलाई अझ कसी लगाएको छ । घिमिरेका शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा एरेन्जर नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।
घिमिरेले मसिनो तरिकाले शब्दमा नेपाली पन मिसाएका कारण अहिले हेर्ने, सुन्ने र दुबैले ले यो गितको मज्जा लिइरहेका छन् । गितले प्रेमी प्रेमिकाले मायाको कारण घरबार र सबथोक बिर्सिने विषयलाई देखाइएको छ । वर्षा र पुष्पलको रिल लाइफको यो कथालाई निर्देशक निकेश खड्काले शानदान तरिकाले भिडियोमा देखाउन सफल छन् ।
निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । भरतपुरको गीतानगर स्थायी ठेगाना भएका घिमिरे भन्छन् – अमेरिकामा भएकै कारण पनि आफुले नेपाली पन प्रति झनै सम्मान बढेको र तिनै कुरा टिपेर गितमा राखेकै कारण होला धेरैले मनपराइदिनु भएको छ ।
तस्बिर: फिल्मीफन्डा डट कम