बिउको लागि अनुदान दिएको उन्नत जातको बोको कांग्रेसका वडाअध्यक्षको सहभागितामा स्थानियले काटेर खाए



सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर थापाले भन्नुभयो ।

उहाँले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताउनुभयो । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, अर्कोको पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

वडाध्यक्ष थापाले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताउनुभयो ।

“रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उहाँले भन्नुभयो, “पाल्न नसक्ने भए पनि हामी अर्कोको किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

वडाध्यक्ष वीरबहादुर थापा नेपाली काग्रेसको प्रतिनिधित्व गर्दै निर्वाचित हुनु भएको हो। उहाँले ६१८ भोट प्राप्त गरि विजय हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई