२ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर धरासायी, नेपालको २१७ रनको जित हासिल

२९ चैत, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर धरासायी भएको छ । सिंगापुरले ३१ औ ओभरमा सबै विकेटको गुमाएर ६५ रन् बनाएको छ । यससगै नेपालले २१७ रनको फराकिलो जित हासिल गरेको छ ।
यसअघी सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रनको योगदान दिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरेका थिए .