ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


बनेपा, ३० चैत (रासस)ः काभ्रेपलाञ्चोकको बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

हिजाे साँझ बनेपा नगरपालिका–१३ भैँसेपाटी चोक नजीकै बा७९प ९३८८ नंको मोटरसाइकललाई ना३ख ६७८३ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा बनेपा नगरपालिका–५ का २८ वर्षीय गणेश तामाङको मृत्यु भएको हो । उनको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दीपक रायले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीया यशोदा हमाल गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई