विकासको भोक सरकारले मेटाउँछ : मन्त्री पोखरेल


ओखलढुङ्गा, ३० चैत : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताउनुभएको छ । प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनताका बीचमा गरिएका, घोषणापत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सङ्घीय सरकार लागिपरेको बताउनुभयो । देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठन मात्रै नभएर प्रणाली नै फेरिएको उहाँले बताउनुभयो । “मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको छ । सरकार चुनावका बेला गरिएका प्रतिबद्धता मात्रै होइन नागरिकका सबैजसो चाहना पूरा गरेरै छाड्छ । यो हाम्रो सङ्कल्प हो । अठोट हो”, उहाँले भन्नुभयो । उहाँले मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले तीनवटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताउनुभयो । “विकास सम्भव छ, त्यसका लागि बजेट र योजना तर्जुमामा सङ्घीय सरकारले कुनै कमी हुन दिँदैन”, उहाँले भन्नुभयो, “संविधानप्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि साथी गोठालो बन्नुस् ।” उहाँले सरकार अहिलेसम्म ऐन कानून निर्माणमा केन्द्रित भएकाले अब पूर्वाधार विकासमा जुट्ने बताउनुभयो । ओखलढुङ्गा महोत्सव आगामी वैशाख १० गतेसम्म सञ्चालन हुनेछ ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई