सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रही रहने : पूर्वराजा शाह ( हेर्नुहोस् पुरा विज्ञप्ति )

३० चैत, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनताका लागि मानवोचित सुख र शान्ति प्राप्त हुन नसकेको दावी गर्दै यस्तो अवस्थामा जनतालाई कहिलेसम्म राखिरहने भन्ने प्रश्न गरेका छन्।
नयाँ बर्ष २०७६ को उपलक्ष्यमा देशसवासीका नाममा शनिबार शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहले यस्तो प्रश्न गरेका हुन्।
हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पुग्दैन ।’ उनले नेपाली जनताको अनगिन्ती समस्या र दुर्दान्त पीडा आफूले महशुस गरेको बताएका छन् । उनले विज्ञप्ति मार्फत भनेका छन ‘ जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ भनेका छन ।
उनी भन्छन्, ‘विगतमा सबैबाट भएका कमी–कमजोरीको आत्मसमीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।
पूर्वराजा शाहको विज्ञप्ति
नेपाली दिदी वहिनी तथा दाजु भाईहरु,
गतिशिल समयक्रमको प्रवाह संगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपूगेका छाै। नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भु-भागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछाै ।
स्वभावत: यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पूग्दैन । जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने-यस्तो नाजूक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।
मूलूक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छाै । नयाँ वर्ष साच्चिकै नयाँ रहोस् -नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् । श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।