“मिथ्या”ग्रही
दृश्य— १
१५औं अनसनको १५ औं दिन
स्थानः नयाँ बानेश्वर
डा.गोविन्द केसीको १५ औं अनसनको १५औं दिनमा एकबध्यता जनाउन आयोजना गरिएको र्यालीलाई सम्बोधन गर्दै डा.केसीका सहयोगी ओम अर्याल डा.केसीले आफ्ना समर्थकलाई अडियो सन्देश पठाएको जानकारी गराउँदछन। त्यस पछि डा.केसीको उक्त अडियो सन्देशलाई बजाइन्छ । उक्त अडियो सन्देशमा डा.केसी आफ्ना समर्थकलाई अनसनको लागि जुम्ला रोज्नुको कारण बताउँछन। डा.केसीको स्वर मलिन छ, कतिपय समय बोल्न समेत अफ्ट्यारो परे जस्तो सुनिन्छ। डा.केसीको स्वर सुन्दा १५ दिन देखि लगातार अनसनमा बसेकाले उनको शरिर थाकेको छ, उनको शरिरमा तागत छैन, उनको स्वास्थ्यमा गम्भीर समस्या भएको ठम्याउन गह्रो पर्दैन। यसै विचमा डा.केसीको स्वास्थ्य स्थितीमा गम्भीर रहेको, अनसन नतोडाए उनको ज्यान माथि तलमाथि पर्ने सक्ने खालका समाचारहरु पत्रिका, अनलाइन, टिभी लगायतका संचार माध्यममा बाक्लै आउन थाल्छन।
सरकार डा.केसीको जिवनको रक्षाकोलाई हेलिकप्टरद्धारा काठमाडौं ल्याउन चाहान्छ भने डा.केसी कुनै पनि हालतमा जुम्ला नछोडे अडान लिन्छन। डा.केसी अस्पतालको शैयामा छन भने उनका समर्थक अस्पताललाई पहरा दिएर बसेका छन, पुलिस प्रशासन डा.केसी सम्म पुग्न असमर्थ छ। एक प्रकारले अस्पताल रणमैदान परिणत भएको छ। अन्तत अनसनको २० औं दिन “सत्याग्रही”का समर्थक र प्रहरी विच ठुलो झडप पछि पुलिस प्रसासन डा.केसी सम्म पुग्न सफल हुन्छ। डा.केसीलाई काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगञ्ज ल्याइन्छ। तर यो सफलताको लागि अस्पतालले आफ्नो सम्पतीको बलि दिनु पर्छ भने “सत्याग्रही”का केहि समर्थकले रगत बगाउनु पर्छ।
काठमाडौं आए लगत्तै आफुलाई सरकारले जबरजस्ती काठमाडौं ल्याएकोमा डा.केसी रिसले चुर हुन्छन। उनि औला ठडयाइ ठडयाइ प्रधानमन्त्रीलाई डन, हत्यारा, माफिया भएको आरोप लगाउछन। तर उनको शरिरको हाउभाउ हेर्दा नयाँ बानेश्वरमा बजाइएको अडियो सन्देशमा जस्तो उनको स्वास्थ्य स्थिती कमजोर नभएको भने बुझ्न सकिन्छ।
दृश्य -२
१६औं अनसनको २१ औं दिन
स्थानः काठमाडौं
अनलाईन, टिभी, ब्रोडसिट पत्रिकामा एकाएक “डा.केसीको स्वास्थ्य अवस्था अन्यान्तै चिन्ताजनक भएको, डा.केसी बोल्न नसक्ने अवस्थामा पुगेको, उनको उपचारमा संग्लन डाक्टरहरुले उनको आँखाको इशारा बुझेर काम गर्नु पर्ने अवस्था आएको” समाचार आँउछ। समाचारका अनुसान डा.केसी बोल्न सक्दैनन्, उनलाई भेटन आउने आगन्तुक संग बोल्दैनन्, आँखाले पुलुक्क हेर्छन, अनि आँखा बन्द गर्छन। डा.केसीको आन्दोलनको “मिडिया व्यवस्थापन गर्ने“ गर्ने अनौपचारिक जिम्मा लिएका व्यक्तीहरु यस्ता समाचारलाई समाजिक संजालमा शेयर गरेर भइरल बनाउँछन। तिनै समचारलाई “कोट” गरेर सरकारले डा.केसीको जिवन रक्षा गर्न संबेदनशिलता नदेखाएको भन्दै सरकार माथि प्रहार गर्छन। सरकार भने डा.केसीका स्वास्थ्य सम्बन्धी सम्पुर्ण माग पुरा भएको र राजनैतिक माग सम्बोधन गर्न नसक्ने स्पष्टिकरण दिन्छ। डा.केसी र उनका समर्थकहरु अब “दाल नगल्ने” निश्कर्षमा पुग्दै “बोल्न नसक्ने समाचार आएको” ठिक तिन पछि डा.केसीले अनसन तोडछन।
१५ औं अनसनमा जस्तै यस पटक पनि डा.केसीका समर्थक अनसन तोडदै गर्दाको एउटा सानो भिडियो बाहिर आँउछ। तर अचम्म बोल्न नसक्ने भनेर तिन दिन अघि देखि प्रचार गरिएका डा.केसी औला ठड्याइ ठड्याइ चर्को स्वरमा सरकारलाई चेतावनी दिइ रहेका देखिन्छन।
यसरी डा.केसीको अनसनका क्रममा एक पटकमात्र हैन डा.केसी र उनका समर्थक पटक पटक उनको स्वास्थ्यको बारेमा झुटा समाचार सम्प्रेषण गरेका छन। उनिहरुले जनता माझ सहानुुभुती प्राप्त गर्न तथा सरकार माथि दवाव सृजना होस भन्नका लागि झुटा प्रचार गरेका हुन। यसले के स्पष्ट गर्छ भने जनताको सहानुभुती र सरकारलाई दवाव दिन डा.केसी र उनका सहयोगी झुट बोल्न समेत हिच्किचाउदैनन्। अब यहाँ प्रश्न उठछ, के झुटमा खडा गरिएको आन्दोलनलाई “सत्याग्रह” भन्न मिल्दछ ?
संवाद देखिको डर
डा.केसीका सुरुका अनसनका माग निस्चित व्यक्तीको नियुक्ती र बर्खास्तमा समिति थिए। यस्ता मागमा संवादले खासै ठुलो महत्व रहदैन। तर जब डा.केसीको माग नितिगत सुधारमा प्रबेश गर्यो तब देखि संवादको जरुरी देखियो। डा.केसीको १४ औं अनसन सम्म माथेमा आयोगमा बिषयहरुको बारेमा चर्चा समेत चलेन। डा.केसी माथेमा आयोगको प्रतिवेदन हुबहु लागु हुनु पर्छ भन्ने अडान लिइ रहे। डा.केसीलाई देवत्वकरण गर्न लागेको मिडियाले माथेमा आयोगले दिएको सुझाव तत्तकालिन अवस्थामा हुबहु लागु हुनुपर्छ वा त्यसमा परिमार्जनको जरुरी छ भन्ने बिषयमा बहस गर्न जरुरी पनि ठाँनेन। १५ औं अनसनमा आइ पुग्दा माथेमा आयोगको औचित्य माथि बहस त सुरु भयो तर डा.केसीलाई देवत्वकरण गर्न लागेको मिडियाले बहस हुनुपर्छ भन्नेलाई मेडिकल माफिया बनाई दियो।
१५ औं अनसन र १६ औं अनसनका बिचमा जब शिक्षा मन्त्रीले डा.केसीसंग चिकित्सा शिक्षा विधयेकमा राय सुझाबका लागि डा.केसीलाई छलफलमा आउन आग्रह गरे त्यस बेला डा.केसी छलफलमा गएनन्, आफ्नो मोवाइल स्विच अफ गरेर बसे। अनसनका बेलामा दिन रात मिडियामा छाउने र समाजिक संजालमा हरेक दिनको डा.केसीको स्वास्थ्यको अपडेट दिने उनका सहयोगीहरु समेतले डा.केसीसंग सम्बन्ध स्थापित गराइदिन इन्कार गरे। जब चिकित्सा शिक्षा विधेयकमा शिक्षा तथा स्वास्थ्य समितिमा बुँदागत छलफल हुदै थियो समितिले डा.केसीलाई केहि प्राबिधिक समस्याको समाधानको लागि छलफलमा आइ दिन आग्रह गर्यो, डा.केसी त्यस बेला पनि छलफलमा बस्न आवश्यक ठानेनन्। आफ्ना मागहरु जनतामुखी र विद्यार्थीमुखी छन भनेर कहिल्यै नथाक्ने डा.केसी र उनका समर्थकहरु यी माग कसरी जनतामुखी र विद्यार्थीमुखी छन भन्ने संवादमा बस्न पनि चाहाँदैनन्। सायद आफैमा विश्वस्त छैनन् होला त्यसैले उनिहरु संवादमा आउन नचाहेका हुन। अर्थात डा.केसी र उनका समर्थक संवाद भन्दा मुढे बलमा विश्वास गर्छन र मुढे बलले पेलेर नै आफ्ना माग पुरा गराउँछु भन्ने घमण्ड गर्दछन होला।
“मडुसा” चरित्र
ग्रिक किम्बदन्तीमा एक पात्र छ मडुसा । मडुसा मानव अनुहार भएकि, बिषालु साँपहरुको कपाल भएकि राक्षसनी हुन। उसंग भएको शक्तीका कारणले जसले उस्को आँखामा हेर्छ, उ ढुङ्गामा परिणत भइहाल्छ। डा.केसीमा पनि यस्तै अलौकिक शक्ती छ। जसले डा.केसीलाई प्रश्न गर्छ, जसले डा.केसीलाई संवादमा बोलाउँछ, जसले डा.केसीको शैली माथि प्रश्न र्गछ, उसलाई डा.केसी तुरुन्तै मेडिकल माफियामा परिणत गर्दि हाल्छन। सुरु सुरुका अनसनमा साथ दिएका उनकै डाक्टरसाथीहरु आज मेडिकल माफिया भएका छन। उनिहरुको “अनसनका नाममा विरामी डिस्चार्ज गरेर अस्पताल खाली गर्नु हुँदैन, अनसनका नाममा अस्पताल बन्द गरेर विरामीलाई दुख दिनु जायज हैन” भनेर डा.केसीसंग विमति राख्ने गल्ती गरे जसले गर्दा आज उनीहरु मेडिकल माफियामा परिणत भएका छन। आज डा.केसीलाई आफु मात्र सत्य हुँ त्यसैले मेरो मागको बारेमा टिप्पणी गनै हुँदैन, छलफलको सवालनै उठाउँनु हुँदैन, जसले मेरा मागलाइ गलत देख्छ, प्रश्न गर्छ त्यो मेडिकल माफिया हो भन्ने भ्रम जागेको छ।
यसरी जनताको सहानुभुती प्राप्त गर्न झुट समेत बोल्न पछि नपर्ने, अनसनको नाममा अस्पताललाई रणमैदानको रुपमा प्रयोग गर्न पछि नपर्ने, अनसन बस्न विरामीलाई डिस्चार्ज दिएर अस्पताल खालि गराउन पछि नपर्ने, सरकारलाई दवाव दिन अस्पताल बन्द गरेर विरामीलाई बिच्चल्ली पार्ने, आफ्ना माग प्रति आफै विश्वस्त नभएको व्यक्तीलाइ कसरी सत्याग्रही भन्ने? वास्तवमा भन्दा डा.गोविन्द केसीको लागि सहि बिशेषण मिथ्याग्रही नै हो ।