चलचित्र विकास बोर्डलाई नेपाल चलिचित्र महासङ्घका रुपमा विकसित गरिने छ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १ बैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलिचित्र महासङ्घका रुपमा विकसित गरिने बताउनुभएको छ ।

तामाङ चलचित्र सङ्घद्वारा काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी तामाङ चलचित्र महोत्सवलाई  सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “चलचित्र विकास बोर्ड अवैज्ञानिकरुपमा छ, त्यसलाई सुधारसँगै बोर्डबाट नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिन्छ ।” उहाँले विभिन्न चलचित्र सङ्घलाई एउटै संस्थामा आबद्धता गराउन छाता सङ्गठनका रुपमा महासङ्घ बनाउन लागिएको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले चलचित्र महासङ्घ बनाउन त्यससम्बन्धी कानूनी मस्यौदा तयार भइरहको बताउनुभयो । “नयाँ आर्थिक वर्षको प्रारम्भसँगै चलचित्र महासङ्घको नयाँ कानून आउनेछ, यसका लागि चलचित्रका विज्ञसँग छलफल गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “विविध भाषाभाषी रहेको मुलुकमा आफ्नै भाषा, मौलिकता र संस्कृति झल्कने चलचित्र बनाउनु उत्साहप्रद छ ।” त्यस्ता चलचित्र बनाउन तत्सम्बन्धी संस्कृतिविद् आवश्यक पर्ने भन्दै उहाँले कानून बनाउने प्रक्रियामै रहेकाले विभिन्न संस्कृतिका विज्ञको सल्लाह लिने काम भइरहेको बताउनुभयो । उहाँले पाँच प्रतिशत तामाङ समुदायको बसोबास रहेको उल्लेख गर्दै मुलुकका विविध समुदायले नेपालका हलमा वर्षको १८० दिन चलचित्र प्रदर्शन गर्नुपर्ने बताउनुभयो । 

सांसद गङ्गाबहादुर दोङ, नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना, सङ्घका पूर्वअध्यक्षद्वय जेनिश दोङ र अशोक ब्लोनले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । तीनदिने महोत्सवमा पाँच तामाङ भाषाका चलचित्र प्रदर्शन गरिने सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो । (रासस) 
प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई