संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ : सीके राउत

सिराहा,१ बैशाख :जनमत पार्टीका अध्यक्ष डा सीके राउतले संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ भनेका छन ।
सिरहाको मिर्चैयामा शनिबार आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा भनेका हुन ।
मधेसवादी दलहरुप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै उनले भने सँधै जनतालाई भ्रममा राख्नको ‘राजनीतिक दुकान’ बन्द हुन्छन ।
उनले भने, ‘जनतालाई भ्रममा राखेर सँधै मन्त्री बन्न पल्केकाहरु हाम्रो डरले भ्रम फैलाउने काममा लागेका छन्, हामी एक्कासी वार्तामा आएको होइन धेरै महिनादेखिको गृहकार्यपछि हामी यहाँ आएका हौं, अब संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ ।’
उनले २०७५ फागुन २४ गते भएको सम्झौतालाई विजयको संज्ञा दिँदै उनले आफूले जनमत संग्रहभन्दा माथि गएर सम्झौता गरेको समेत बताए ।