वि.सं. २०७६ बैशाख महिना तपाईंको कस्तो रहला ? हेर्नुहोस् राशिफल


– ज्यो.पं.वैद्यराज दीपक सुवेदी
मेष÷ (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) – मेष राशि हुने व्यक्तिको लागि यो महिना आवश्यकभन्दा बढी दौडधुप पर्ने खालको छ । महादशामा प्रतिकूल दशा चल्नेहरूलाई चोट तथा हृदय रोगको सम्भावना छ । शुरुमा काम बन्ला बन्ला हुने र पछि परिणाम निराशाजनक आउने भइरहेकाले उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । उन्मादी हौंस्याहट बढ्नसक्छ संयम गर्नु पर्ला । तथापि जोशजाँगर एवं पराक्रम बढ्ने नै देखिन्छ । आम्दानीले आर्थिक भार थेग्न गार्हाे नै पर्नसक्ने छ भने तथा सञ्चित धन खर्च गर्नपर्ने छ । उद्यम व्यवसाय तथा पेशाको क्षेत्रमा सामान्य मन्दि देखिन सक्छ । पदप्रतिष्ठा तथा स्थानच्युति–स्थानान्तरण र घरडेरा वा वासस्थानसम्बन्धी समस्याले पनि नसताउला भन्न सकिन्न । यी प्रतिकूलताको बाबजुत स्त्रीजातिको साथसहयोगबाट कुनै काम बनाउन सकिने छ । यात्राको पर्खाईमा रहनेहरूको लागि पनि महिना उपयुक्त देखिन्छ । हिम्मत नहार्ने र तनाबलाई घटाउने तथा बोलीव्यवहारमा सजग रहने गर्नाले प्रतिष्ठालाई उचो नै राख्नसक्नु हुनेछ । तपाईको लागि यो महिनामा भगवान सूर्यदेवको साथमा गुरु गणपतिको श्रद्धाभक्ति तथा दर्शन गर्नु शुभकर हुनेछ ।

वृष÷ (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) – वृष राशि हुने व्यक्तिको लागि यो महिनाको ग्रहगोचर अल्लि संघर्ष एवं तनावी देखिएको छ । खर्चगर्ने बहानाहरू बढ्ने भएकोले आयले थेग्न मुस्किल पर्नेछ । मनमा भयत्रास सृजना हुने, घरायसी समस्या थपिने, साथीभाई इष्टमित्रसँग पनि वैरभाव हुनसक्ने जस्ता लक्षणहरू प्रतित् हुनसक्ने छन् । तथापि मानसिक बल बढाएर समस्यासँग जुध्ने क्षमताको विकास गर्नुपर्ला । आँटसाहस बढाउने तर उन्माद्लाई संयम गर्ने गर्नु बुद्धिमानी हुनेछ । कुनै पनि स्थितिको अन्तिममा महिला सहयोगीबाट साथ मिली निकास निस्कने छ । अपेक्षित उपलब्धि भइहालेन भन्दैमा निराश भने नहुनु होला । धैर्य गर्नु उचित हुनेछ । तपाईको लागि यो महिनामा सूर्यभगवान, महावीर हनुमान, भैरवदेव र गुरुगणपति एवं माँ बगलामुखीको श्रद्धाभक्ति पूजापाठ एवं दर्शन स्तुति गर्नु शुभदायक हुनेछ ।

मिथुन÷(का.कि.कु.घ.ङ.छ.के.को.ह.) – मिथुन राशि हुने व्यक्तिको लागि यो महिना आशा र आश्वासन अल्लि बढी हुने र उपलब्धि अपेक्षितभन्दा केही कम हुने खालको देखिएको छ । रपनि संघर्षको बाबजुत कार्यमा सफलता र लाभ मिल्नेछ । आँट साहस भने गर्नपर्ने छ । घमण्ड वा उन्मादलाई संयम गर्न जान्नुपर्ला । महत्त्वपूर्ण रूपमा अपेक्षा गरिएको उपलब्धि एवं आयआम्दानी हुन आफ्नै बुद्धिको कारण अबरोध हुने होकि भन्ने भय छ । विचारपूर्व व्यवहार गर्नु बुद्धिमानी हुनेछ । पेशा तथा घरजग्गा परिवर्तन गर्न ग्रहले उक्साउँदै छ जुन कार्यले पछि पछुतो पार्नसक्ने छ । सेवा सत्कार जन्य कार्यमा सफलता मिल्नसक्ने छ । स्वास्थ्यमा पित्तविकार, ज्वरोको प्रकोप, आऊखटिरा एवं चोटपटकको भयछ खानपान एवं यात्रादिमा ख्याल गर्नुहोला । गोचरबाधा निवारणको लागि सिद्धिविनायक श्री गणेश, भगवान श्री हनुमान, भैरवदेव एवं माँ इन्द्रायणीको भक्ति आराधना गर्नु तपाईको लागि यो महिनामा हितप्रद हुनेछ ।

कर्कट÷ (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) – कर्कट राशि हुनेहरूको लागि यो महिना उपलब्धिमूलक मान्न सकिन्छ । विशेष कामकार्यमा केहीहद्सम्म सफलता मिल्नेछ । तथापि अल्लि महत्त्वपूर्ण काम शुरुमा बन्नेजस्तो भएर पछि नबन्नपनि सक्नेछ । ग्रहगोचर बाधा हटाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । बोलीको फुर्तिफार्तिलाई भन्दा पनि व्यवहारिकता र आफ्नो अभिष्ट कार्य तथा जिम्मेवारी एवं कर्तव्यलाई बढी ध्यानदिनु पर्ला । तथापि दैनिक व्यवसाय तथा पेशागत कामबाट आय–आम्दानी गर्नसकिने छ । मानसम्मान पनि पाउनसकिने छ । समाजसेवा, सांगठानिक कार्य एवं राजनीतिक क्षेत्रमा जिम्मेवारी प्राप्त हुनसक्ने छ भने नोकरी आदि पेशाकर्मीको लागि पनि सम्बन्धित क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा नशा एवं स्नायू, वातरोग, ढाडकम्मरमा समस्या आदिसँग सम्बन्धित समस्या नआउला भन्न सकिन्न । यो महिना तपाईले भगवान श्री एवं गुरुगणपतिको दर्शन भक्ति एवं स्तुति उपाशना गर्नु हितप्रद हुनेछ ।

सिंह÷ (म.मि.मु.मे.मो.ट.टि.टु.टे) – सिंह राशि हुने व्यक्तिको लागि यो महिना केही सुधारात्मक छ । मुख्य ठानिएको तथा बढी आसक्ति गरेको कार्यमा सफलता पाउन अल्लि कठिन परेपनि अन्य काममा भने अनुकूलता रहनेछ । क्षणिक एवं छोटोसमयमा हुने व्यवहारिक एवम् व्यवसायिक काममा प्रगति गर्नसकिने छ । धार्मिक एवम् आस्थाको धरोहर, इष्टदेव–गुरुजन आदिप्रतिको श्रद्धामा ह्रास आउन सक्ने सम्भावनालाई भने नकार्न सकिन्न । मान्यजन कष्ट, मनोन्मादले मानसिक विचलन हुनसक्ने तथा कामकर्तव्यमा चिटिङ्गको मनोविज्ञान पलाउने खतरा पनि त्यतिकै छ । आत्मसंयमताको आवश्यकता देखिन्छ । विद्यार्थीहरूले मेहनत बढाउन प्रयत्न गर्नु पर्नेछ । यात्राको सम्भावना छ । केही अबरोधको बाबजुत सामाजिक मानमर्यादा बढ्ने, राजनीतिक तथा प्रतिनिधित्त्वकारक क्षेत्रमा जिम्मेवारी थपिने सम्भावना छ । शारीरिक स्फुर्ति बढ्नेछ । भगवान श्री हनुमान एवं सूर्यदेव र गुरुगणपतिको स्तुति आराधना गर्नाले ग्रहबाधा एवं अड्चनलाई कम गर्न मद्दत मिल्नेछ ।

कन्या÷(टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) – कन्या राशिको लागि यो महिना त्यति अनुकूल छैन । संघर्ष एवं स्वास्थ्यमा समस्या आउने देखिन्छ । आरोह अवरोहप्रद र कामकार्यमा अबरोध तथा विश्वासघातको सामना गर्नपर्ने छ । तथापि स्वकर्ममा रत्रहनाले बढी परिश्रमको बाबजुत केही कामबाट आयआम्दानी हुनेछ । आस्था एवं सिद्धान्तमा विचनलन नआउला भन्न सकिन्न । असफल गराउन मानमर्दन तथा षड्यन्त्र गर्नेहरू सल्बलाउने भएकाले सजग हुन जरुरी छ । आकस्मिक यात्राको सम्भावना छ । केही जटिलताको सामना गर्ने तयारी अवस्थामा रहनु उचित होला । तपाई आफ्नो एवं मान्यजनको कष्टलाई पनि ग्रहले संकेत गरिरहेको छ । आयभन्दा व्यय बढी हुनखोज्ने भएकोले सावधानीपूर्वक अर्थव्यवहार गर्नुहोला । सञ्चित धनराशि पनि खर्च हुनसक्ने तर्फसमेत ग्रहले लक्षित गरिरहेको छ । दैवी प्रकोपको साथमा स्वास्थ्यमा ज्वरोप्रकोप, पित्तविकार आदिको सम्भावना छ । भगवान सूर्यनारायण, संकटमोचन हनुमानदेव, विघ्नविनाशक श्री गणपति र भैरवदेवको साथमा माँ इन्द्रायणी र भगवान श्रीलक्ष्मीनारायणको श्रद्धाभक्ति गर्नुले संकट निवारणमा मद्दत हुनेछ ।

तुला÷ (रा.री.रु.रे.रो.त.ति.तु.ते.) – तुला राशि हुनेहरूको लागि यो महिना त्यति सहज देखिएको छैन । बढी महत्त्व दिएको काममा रोकावट आउने छ । परिवारिक सदस्य टाढिन वा बाहिर जानसक्ने सम्भावना छ । पेशा तथा व्यवसायको क्षेत्रबाट ठिकठिकै लाभ गर्नसकिने छ । कैफियुक्त धनार्जनतर्फ पनि मन आकर्षित हुने हो कि भन्ने भयलाई भने नकार्न सकिन्न । साथै आस्थाको केन्द्रप्रति शंका एवं सन्देहको भावना आउने हो कि भन्ने देखिन्छ । राजनीति, समाजसेवा एवं संस्थागत क्षेत्रमा शर्तमा लचकता अप्नाएर अघि बढ्नु उचित हुनेछ । केही अड्चन तथा प्रतिकूलताको बाबजुत पनि आकस्मिक रूपमा यात्रा हुनसक्ने छ । तथापि ज्वरो आदिको कारण स्वास्थ्य समस्या आइपर्नसक्ने छ । अपखबर, कार्यमा विघ्नबाधा आदिको पनि सम्भावनालाई नकार्न सकिन्न । कामकार्यमा कठिनाई एवं स्वजन कष्टको संभावना देखिएको छ । तसर्थ सावधानिपूर्वक जनव्यवहार गर्नु पर्ला । ग्रहबाधालाई कमि गर्न यो महिना तपाईँको लागि भगवान सूर्यनारायण, गुरु गणपति र माँ इन्द्रायणीको श्रद्धा भक्ति एवं उपाशना आराधना गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक÷ (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) – बृश्चिक राशि हुने व्यक्तिको लागि यो महिना केही सुधार मान्न सकिन्छ । तथापि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन संघर्ष गर्नुपर्ने छ । भने दाम्पत्य तथा प्रेम कष्टको सम्भावनालाई नकार्न सकिन्न । चोटपटक घाऊखटिरा, यात्राकष्ट एवं सञ्चित धनको अपव्ययलाई पनि गोचरले संकेत गरिरहेको छ । तसर्थ आवश्यक सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । प्रत्यक्षाप्रत्यक्षमा आलोचना गर्नेहरू बढ्नेछन् । कूलवंशको ईज्जत जोगाउने, पारिवारिक समझदारीलाई कायम राख्ने लगायतका यावत पक्षमा होसियारी अप्नाउनु पर्ने देखिएको छ । नातागोतासँगको सम्बन्धमा तुषारो लाग्नसक्ने सम्भावना देखिन्छ । प्रतिद्वन्दि तथा विरोधीहरूका नजरमा क्षणिक रूपमा आफ्नो वचस्व स्थापित गर्न सकिए पनि त्यो दीर्घकालीन नहुनसक्ने छ । तथापि एकाग्रताका साथमा आफ्नो कार्यमा तल्लिन हुनाले केहीहदसम्म उपलब्धि उठाउन सकिने छ । सर्तलाई स्वीकार गरी सम्झौतामा गएर गरिने सौदावाजीबाट केही लाभांश प्राप्त गर्नसकिएला । यो महिना तपाईले भगवान श्री महावीर हनुमानदेव एवं विघ्नहर्ता श्री गणेशजी र भैरवदेवको उपाशना साधना गर्नाले प्रतिकूल ग्रहको दुष्परिणामलाई कम गर्न मद्दत हुनेछ ।

धनु÷ (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.) – धन राशि हुनेहरूको लागि यो महिना तसै सुधार भएको मान्न सकिन्छ । रपनि केही पक्षमा निकै सावधानी अप्नाउनु पनि पर्नेछ । घमण्डलाई संयम गर्नुपर्ने छ भने यात्रादि र कामकार्य तथा आहारविहारमा सावधानी अप्नाउनु पर्ने छ । चोटपटक तथा रोगविमार आदिको सम्भावना देखिएकोले ख्याल गर्नु जरुरी देखिन्छ । उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोगीले विशेष सावधानी अप्नाउनु होला । पठनपाठनमा बढी ध्यान दिनसकेमा मात्रै विद्यार्थीले उपलब्धि हातपार्न सकिएला । नीतिगत तथा वाणीगत दोष खेप्न नपर्ला भन्न पनि सकिन्न । उन्माद, तनाब, बढ्नसक्ने छ, सात्त्विक आचरणको अभ्यास जरुरी हुनेछ । यस्ता केही प्रतिकूलताको बाबजुत पारिवारिक निस्कर्ष उचित निस्कने छ । पारिवारिक एकताबाट विशेष कठिनाईलाई निवारण गर्नसकिने छ । साथसंगीबाट पनि साथसहयोग र भरोसा मिल्ने छ । जागिर, पेशा, व्यवसाय आदिमा सुधार हुने तथा सकारात्मक प्रभाव देखिन थाल्नेछ । प्रतिकूल ग्रहगोचरको निवारणार्थ सूर्यनारायणको साथमा भगवान हनुमानदेव, माँ बगालामुखी एवं भैरवदेव भक्तिभाव बढाउनु उपयुक्त देखिन्छ ।

मकर÷(भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.) – मकर राशिको लागि यो महिना बढी इच्छाएको काममा बढी संघर्षकर देखिएको छ र पनि केही उपलब्धिमूलक रहनेछ । केही आन्तरिक मान–मर्यादामा आ“च आउने, पारिवारिक समस्या थपिने, व्यवहारिक कमजोरी खोज्नेहरू बढ्ने तथा कामकार्यमा साविकको भन्दा बढी मेहनत गर्नुपर्ने हुनसक्ने छ । मिथ्याऽपवाद एवं प्रतिष्ठामा आँच आएपनि सत्मा रहने र आफ्नो सिद्धान्तबाट विचलित नहुनेहरूलाई अन्तिममा सफाई मिल्ने छ । सात्विक आँटसाहस बढाउनाले मात्रै संघर्ष एवं विरोधीको प्रतिकार गर्न सकिने छ । बोलीव्यवहारमा पनि अल्लि ध्यान दिनुपर्ने छ । आफन्तिजनबाट विश्वासघात जस्तो परेपनि क्रमशः परिस्थितिमा परिवर्तन आई सुधारको वातावरण बन्नेछ । अन्तिममा पुगेर अल्झिने विशेष कामकार्यको लागि तपाईँले सूर्यभगवानको साथमा भगवान श्री गणपति एवं हनुमानदेव र माँ बगलामुखीको स्तुति उपाशना तथा भक्तिभाव गर्नु शुभदायक हुनेछ ।

कुम्भ÷ (गु.गे.गो.स.सी.सु.से.सो.द.) – कुम्भ राशि हुने व्यक्तिहरूको लागि यो महिना मिश्रित छ । यद्यपि शारीरिक जोशजा“गर बढेर आउने, कामकार्यमा मन लाग्ने र केही काममा सफलता हात पार्नसकिने छ । रपनि व्यवहारिकता एवं विवेक नपुर्याउने हो भने शुरुमा अनुकूल बनेको वातावरण बिग्रने र आशा अपेक्षा अधुरो रहनसक्ने छ । शत्रु मुकाविलाको पनि सम्भावना छ निकै ध्यान पुर्याउनु पर्ला । सामान्यतया इष्टमित्रको सहयोग प्राप्त हुनेछ । व्यवहारिकता एवं प्रयत्नले व्यापार–व्यवसायमा सुधार ल्याउन सकिने छ । केही रोकिएर रहेको कामलाई अघि बढाउन सकिने भएकोले स्वकार्यमा समय दिनु बुद्धिमानी हुनेछ । विद्यार्थीहरूले अध्ययनमा अल्लि लगाव बढाउन पर्ने देखिएको छ । आहारमा सुधार ल्याई मस्तिक शक्ति बढाउनु उचित हुनेछ । वाणीकला तथा बोलीव्यवहारले मान्छेको मन जित्न र पेशाबाट आर्थिक लाभ गर्नसकिने छ, जसको सदुपयोग गर्नु होला । यो महिनामा हुन खोजेर पनि अन्तिममा रोकिने काममा सफलताको लागि तपाईले भगवान गुरुगणपति एवं श्री भैरवदेवको स्तुति उपाशनालाई महत्त्व दिनु उपयुक्त हुनेछ ।

मीन÷ (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) – मीन राशि हुनेहरूको लागि पनि यो महिना मिश्रित देखिएको छ । कुनै पक्षमा तनाबी त कुनै पक्षमा सफलता मिल्ने छ । एकातर्फ सञ्चित धनको खर्च हुनसक्ने छ भने अर्कोतर्फबाट आम्दानी सामान्य रहने छ । मनविचारमा राजसी एवं तामसि मानसिकताको प्रवलताले एकाधिकार जमाउने सम्भावना छ । केही हद्सम्म शारीरिक पुरुषार्थ गर्न सकिने छ । गोचर ग्रहले दिने अवसरको सदुपयोग गरी नगरी नहुने काम फत्ते गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यमा पित्त एवं वायूप्रकोप बढ्नसक्ने छ । पाचनक्रियालाई राम्रो हुने आहारविहार गर्नु उचित हुनेछ । बोलेका कुराले सास्ति दिनसक्ने भएकाले बोल्दा ख्यालपुर्याउन जरुरी देखिन्छ । भाग्यभन्दा कर्मवादलाई बढी महत्त्व दिएर जनव्यवहार एवं सम्बन्धलाई व्यवहारिक तरिकाबाट कायम राख्न र परिस्थितिको सामना गर्न कोसिस गर्नु पर्ला । यो महिना तपाईँलाई भगवान सूर्यदेव, संकटमोचन महावीर हनुमान, भगवान श्रीहरि र शत्रुहर्ता माँ बगलामुखीको उपाशना गर्नु र विद्वान गुरुजनको आर्शिवाद लिनु शुभदायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई