सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने छु : प्रम ओली


काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नववर्ष २०७६ का अवसरमा आज बिहान प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गर्नुभयो ।

समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन÷उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको उल्लेख गर्नुभयो ।

सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई शीघ्र मुक्त गराइने, लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने दोहो¥याउँदै उहाँले शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, “अवाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिनेछ ।”

पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।

सुशासन कायम गर्न वर्तमान सरकार गम्भीर भएर लागेको तथा गत साल आफूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आफू दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।” (रासस)

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई