समिट एयरको हवाईजहाज हेलिकप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु

१ वैशाख, काठमाडौं : लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । आज बिहान ९ बजेर २० मिनेट जादा यात्रुहरू ओरालेर मन्थली फर्कन लागेको बेलामा विमान धवनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किएको थियो ।
घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।