बैंकमा नयाँ खाता खोल्नुहोस् । तुरुन्तै १०० रुपैयाँ पाउनुहोस् ।

काठमाडौं : सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट देशभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ । आजदेखी बैंक खाता खोल्नेहरुले खातामा १०० रुपैयाँ उपहार स्वरुप पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ’खोलौ बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ बैंकका तर्फबाट राखिदिने व्यवस्था गरेको हो । हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो ।