सबै भ्रष्टाचारी कानूनी कठघरामा : सञ्चारमन्त्री बाँस्कोटा


तौलिहवा, २ वैशाख(रासस) : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले एकपछि अर्को भ्रष्टाचारीलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले हिजाे गोरुसिङ्गेमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटमा उहाँले पछिल्लो समय ललिता निवासलगायत पाँच सयबढी भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याएको दाबी गर्नुभयो ।

मन्त्री बाँस्कोटाले निर्मला पन्त, वाइड बडी विमान एवं ३३ किलो सुन प्रकरणमा संलगनलाई पनि क्रमश कानूनी कठरामा ल्याउने बताउनुभयो । साथै उहाँले यसवर्ष श्रमजीवी पत्रकारका लागि सुखद् वर्ष हुने स्मरण गराउँदै जसका लागि संसद्मा जारी विधेयक छिट्टै पारित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई