“१७ हजारमा प्लस एक हुनुपर्ने रहेछ है?” भनेपछि डा.बाबुराम ट्विटरमा ट्रोल


सधै राज्यलाई अस्थिर बनाउने विभिन्न योजना बनाउने भनेर चिनिइनु भएका समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एक ट्विटर प्रयोगकर्तालाई “१७ हजारमा प्लस एक हुनुपर्ने रहेछ है?” भन्दै कमेन्ट गरेपछि डा.भट्टराई समाजिक सञ्जल ट्विटरमा ट्रोल हुनु भएकोछ। “१७ हजार”लाई नेपाली जनताले शसस्त्र माओवादी विद्रोहका दौरान मारिएका मानिसहरुको संख्याको रुपमा बुझ्ने गरेका छन।

शसस्त्र माओवादी विद्रोहका मुख्य योजनाकारको रुपमा हेरिने डा. भट्टराईले “विश्व र नेपालको विकास तथा समृद्धिको बाटोवारे नोवेल विजेता जोसेफ़ स्टिग्लिट्जसंगको विचारमन्थन र प्रगतिशील पुँजीवाद कि समुन्नत समाजवादको नयाँ विकल्प वारे वहस शुरू गरेको छु, सक्रिय सहभागिताका लागि सबैलाई हार्दिक निमन्त्रणा छ है” भन्दै गर्नु भएको ट्विटमा एक प्रयोगकर्ताले १७००० भनेर कमेन्ट गरे पछि उहाँले १७०० मा प्लस एक हुनुपर्ने रहेछ है? भन्दै कमेन्ट गर्नु भएको थियो।


ट्विटर प्रयोगकर्ताले उहाँको उक्त कमेन्टलाई गैरजिम्मेवारी युक्त कमेन्ट भनि आलोचना गरि रहेका छन।

उहाँलाई एक समुदायलाई अर्को समुदायको विरुद्धमा भड्काउने, आर्थिक पक्षमा बहस नगरि जातियताको आधारमा प्रदेशको संख्याबृद्धि गरि देशलाई सधै अस्थिरताको भुमरीमा लौजान खोज्ने नेताको रुपमा आमजनताले हेर्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस