गाई तस्करीमा सङ्लग्न पक्राउ


अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ । बट्टारमा शनिबार एक गाई खाल्डोमा खसेर अड्किएको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेको गाई आज काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ,  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ

रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई