ह्वात्तै घट्यो सुनको मूल्य

सुनको भाउ हिजो आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ। शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन हिजो आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ।